कोशी सरकारले दीर्घकालीन निर्णय गर्न नपाउने

काठमाण्डौँ - कोशी सरकार गठन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले अन्तरिम आदेश दिएको हो । यससँगै दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेशमा उल्लेख छ ।

असार २१ मा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरमा मुख्यमन्त्री बनेका थिए ।  प्रदेश प्रमुख परशुराम खापुङले सभामुखको हस्ताक्षरलाई मान्यता प्रदान गरेका थिए ।

कोशी प्रदेश सभाका सभामुख गौतमले थापालाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेको विरोधमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले असार २२ मा रिट दायर गरेका थिए ।  रिटमा सभामुख गौतम, प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाइएको छ ।