स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेको जीप प्युठानको भिंगृमा दुर्घटना, आठ जना घाइते

दाङ - प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेको हो । 

जीपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना रहेका  प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले उज्यालोलाई जानकारी दिए । जीप सडकबाट खसेको उनले बताए । उनका अनुसार घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कोइरालाले बताउनु भयो ।