घोराहीमा कोठाभाडामा बस्दै आएका दुई महिलाको दिनदहाडै बञ्चरो हानेर हत्या

 दाङ - दाङको घोराहीमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

बञ्चरो, कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको जानकारी दिंदै उनले भने, ‘हत्यामा संलग्न एक व्यक्तिलाई हाम्रो नियन्त्रणमा लिएका छौं ।’ दुई महिला कोठा भाडा बस्दै आएका थिए । 

घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको पाइएको केसीले जानकारी दिएका छन् । हत्या गरिएकाहरूमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेको एसपी केसीले बताएका छन् । सुनारको पहिलोको घर सुर्खेत र बुढाको पहिलेको घर रूकुम रहेको खुलेको छ ।