साइबर व्यूरो : जात, समुदाय लक्षित सामग्री सम्प्रेषण नगर्न अनुरोध

काठमाडौँ - सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै व्यूरोले जाति, सम्प्रदाय, समुदायबीचको सम्बन्धमा खलल् पार्ने कुनै पनि सामग्री सञ्जालमा प्रकाशन, प्रसारण तथा सेयर नगर्न आग्रह गरेको हो ।

कुनै जात, समुदाय, सम्प्रदाय लक्षित सामग्रीको प्रसारणले सामाजिक सद्भावमा खलल् पुग्ने, शान्तिपूर्ण वातावरण बिथोलिन सक्ने भएकाले जिम्मेवार नागरिकको भूमिका निभाउन प्रहरीले अनुरोध गरेको छ ।