टी–२० सिरिजमा नेपाल आज पपुवा न्यूगिनीसँग खेल्दै

काठमाडौं  हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले पपुवा न्यूगिनी पीएनजीसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे बजेदेखि शुरु हुने छ । नेपाल र पीएनजीबीच अहिलेसम्म चारवटा टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ । 
यसअघि भएको नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए । त्यसैगरी आजै हङकङ र पीएनजीबीच पनि खेल हुदै छ ।

यो खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि शुरु हुने छ । नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ ।

फाइनल खेल भोलि हुनेछ । फाइनलमा नपुग्ने टोलीले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।