भारतीय सेयर बजारले रच्यो नयाँ इतिहास,पुग्यो अहिलेसम्मकै उच्च बिन्दु

काठमाण्डौँ - भारतको सेयर बजार सूचकांक निफ्टी इन्डेक्स अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज निफ्टी५० २६०.८० अंकले बढ्दै २१९०८ को बिन्दुमा पुगेको छ । जुन अहिले सम्मकै उच्च हो । सेन्सेक्स इन्डेक्स पनि ८४७.२७ अंकले बढ्दै ७२५६८.४५ बिन्दुको रेकर्डतोड उचाईमा पुगको छ । आज भारतीय सेयर बजारमा आईटी सेक्टरको कम्पनी इन्फोसिसको सेयरमूल्यमा उछाल आएको छ । यो कम्पनीको सेयरमूल्य ७.५५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ६०७ रुपैयाँ पुगेको छ ।