प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवले गरे शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको छ। भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी रहेका थिए।