प्रचण्डलाई ‘युद्ध अपराधी’ भन्दै डा. केसीको २२ औं सत्याग्रह सुरु

काठमाडौँ - डा गोविन्द केसीले शनिबार २२ औं सत्याग्रह शुरु गरेका छन् । मुख्य रूपमा तीन माग राखी उनले सत्याग्रह थालेका हुन् । उनको पहिलो माग नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा छ ।

प्रचण्ड द्वन्द्वको समयमा मानवताविरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न रहेको भन्दै उनको राजीनामा मागिएको छ ।केसीले द्वन्द्वपीडितलाई न्याय दिलाउन टीआरसीसम्बन्धी कानुन छिटो टुंगो लगाउन समेत माग गरेका छन् । डा। केसीले दोस्रो मागका रूपमा सम्पूर्ण नागरिकलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सुविधा हुनुपर्ने बताएका छन् ।

डा। केसीको तेस्रो माग मेडिकल शिक्षासम्बन्धी रहेको छ । इलाम, डडेल्धुरा, उदयपुरमा मेडिकल प्रतिष्ठान तुरुन्त सञ्चालन गर्न उनले माग गरेका छन् । डा। केसीले प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओलीबाट देशको भलो नहुने भन्दै यी तीनै नेताले पार्टीको नेतृत्वको पछिल्ला पुस्तालाई हस्तान्तरण गर्नुपर्नेस मेत बताएका छन् ।