'कांग्रेसले उठाएका माग जायज छन्, सरकार र सभामुख गम्भीर बन्नु पर्छ' : नेकपा एस

काठमाडौँ - सत्ता साझेदार नेकपा एकीकृत समाजवादी नेकपा एस स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेस हुने दस्तावेजहरू प्रस्तुत गरिएको छ । पार्टी कार्यालय आलोकनगरमा आज बसेको समाजवादीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेस गरेका छन् ।

बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदा प्रस्तावका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारुप प्रस्ताव प्रस्तुत गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष र महासचिवले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । 

स्थायी कमिटी बैठकमा साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले धारणा राखेका थिए । अन्य सदस्यहरूले आइतबारको बैठकमा धारणा राख्ने र आइतबार नै स्थायी कमिटी बैठक सकिने प्रवक्ता खतिवडाले जानकारी दिएका छन् ।