संन्यासपछि पहिलो पटक मैदानमा उत्रिदै पारस खड्का, एक्स्ट्राटेक क्रिकेट मैदान रुपन्देहीमा खेल्ने       

काठमाडौँ ।  पूर्वकप्तान पारस खड्का क्रिकेटबाट संन्यास लिएको साढे २ वर्षपछि राष्ट्रिय टीमका मैदान उत्रिएका छन् ।

उनी रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनका अवसरमा आयोजित एक्स्ट्राटेक लिजेन्ड कप टी–१० मैत्रीपूर्ण क्रिकेट मैदान उत्रिएका हुन् ।

पारसले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् ।

पारसले २०१४ टोलीको कप्तानी गर्नेछन् ।  १९९६ को कप्तानमा एलबी क्षेत्री, रेस्ट अफ नेपालमा कलाम अली तथा रुपन्देही लेजेन्ड्समा हरिबहादुर थापा कप्तान रहने सम्भावना छ । अन्य खेलाडीको नाम चाडैं सार्वजनिक हुनेछ ।