पपुवा न्युगिनमा भड्कियो हिँसा : प्रदर्शनकारी र प्रहरीबीच झडप, ८ जनाको मृत्यु

एजेन्सी । पपुवा न्युगिनीमा फेरि हिंसा भड्किएको छ । हरी र सरकारी कर्मचारीहरुले तलव वृद्धिको मागसहित गरेको हडतालका क्रममा राजधानी पोर्ट मोरेस्बीमा भेला भएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको छ ।

घटनामा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । तलब वृद्धिको माग गर्दै गरेको आम हडतालका क्रममा सयौं प्रहरीहरु नै सडकमा उत्रेपछि सर्वसाधारणले कयौं सवारीसाधनमा आगजनी पनि गरेका थिए । हडलातकाबीच थुप्रै भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।

सरकारले प्रहरी र अन्य कर्मचारीहरुको तलव ५० प्रतिशतले घटाएपछि आन्दोलनमा उत्रेका प्रहरी र कर्मचारीहरुले संसद बाहिर प्रदर्शन गरेपछि भड्केको हिंसाले उग्र रुप लिएको हो ।