सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । यसअघि पटक पटक स्थगित हुँदै आएको लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो । 

सन्दीपका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गरिएको जिल्ला अदालत प्रशासनले जनाएको छ ।