अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

 काठमाडौँ - दुबईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । ४९.३ ओभरमा ९ विकेट गुमाएर अफगानिस्तानले २६१ रन बनाएको थियो । नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।