त्रिकोणात्मक टी–२० सिरिज : वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाण्डौँ - त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आयोजक हङकङ र नेपालबीचको खेल रद्द भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा वर्षा बाधक बनेपछि खेल रद्द भएको हो । 

योसँगै दुवै टिमले एकरएक बाँडेका छन् । नेपालले अब सिरिजमा दोस्रो खेल मंगलबार खेल्ने तालिका छ । सिरिजअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण टी–२० खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो ।