त्रिकोणात्मक टी-२० आई सिरिज : वर्षाका कारण खेल अबरुद्द 

काठमाडौँ - वर्षाका कारण त्रिकोणात्मक टी-२० आई सिरिजअन्तरगत नेपाल र हङकङबीचको खेल रोकिएको छ । हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा हङकङले ५ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४३ रन बनाएको छ । 

खेलमा घुरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले एक विकेट लिएको छ । करण केसीले पहिलो बलमै हङहङको एक विकेट लिएका हुन् । नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन् ।