हृदयघातबाट भारतका ब्याट्सम्यानको निधन

काठमाडौँ । हृदयघातबाट भारतका एक ३४ वर्षीय ब्याट्सम्यानको  निधन भएको छ । भारतको नोएडामा भएको क्रिकेट खेलमा पीचमै ढलेका विकास नेगीको निधन भएको हो ।

उनी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए । नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो ।

माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो ।  १४औँ ओभर चलिरहेको थियो  । उमेश कुमार र विकास पीचमा थिए । १४औँ ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास ननस्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए । उमेश कहाँ पुग्नुअघि नै विकास पीचमा ढलेका थिए ।