दीपकराज गिरीको व्यङग्य : जोगीको घरमा ३ करोड, भोगीको घरमा कति होला ?

काठमाडौँ । तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बमजनको घरबाट करोडौँ नगद सहित अन्य धनमाल बरामद गरेको विषयलाई लिएर कलाकार दीपकराज गिरीले ब्यङ्ग्यात्मक शैलीमा प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै ‘जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ?’ भनेर प्रश्न उठाएका छन् ।

प्रायजसो  राजनितिक, सामाजिक विषय उठाइरहने उनको उक्त स्टाटसलाई लिएर सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भइरहेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘पैसा कॉहा गो ? पैसा कॉहा गो ? भनेर अर्थबिदहरू चिन्ता गर्दैथे क्यार.... जोगीका घरमा ३ करोड हुन्छ भोगीका घरमा कति होला ?