बलात्कार आरोपमा दोषी ठहरिएका क्रिकेटर लामिछाने उच्च अदालत जाने

काठमाडौँ । बलात्कार आरोपमा  काठमाडौं जिल्ला अदालतले दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्।

आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जाने क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने बहस गरेपछि उनले  न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको तर्कसमेत गरे।

उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस् भन्ने आफूहरूको भनाइ रहेको उनले बताए।