सर्जक डिआर सुजनको नयाँ गीत  ‘सेतो रौँ’ सार्वजनिक (भिडियोसहित)

सर्जक डिआर सुजनको नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ । राजनीतिक नेतृत्व व्यक्तिकेन्द्रित हुँदा आमनजनता विदेशिन बाद्य हुने गरेको यथार्थ समेटिएको गीत सार्वजनिक गरिएको हो ।

डीआर सुजनसँगै टीका पुन, धमै गन्दर्भ र कार्की जीको स्वर रहेको गीतकमा शब्द तथा संगीत डीआर सुजनको छ । डीआर सुजनको निर्देशन रहेको भिडियोमा जयकिशन सँगै देशभक्त खनाल, रामबाबु रेग्मी, भगवती खड्कालगायत कलाकारको अभिनय छ ।

यसै गीतको श्रव्यदृश्य छायांकनका क्रममा राष्ट्रिय झन्डा र टोपी फालेर अपमान गरेको भन्दै जयकिशनको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।