सरकारले गौतम बुद्धसहित तीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने

काठमाडौँ - सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय भएको जानकारी दिइन् ।

बैठकमा क्रिकेट खेलाडीहरुले राम्रो प्रदर्शन गरेकाले ती रंगशालालाई राष्ट्रिय गौरवको आयोजनको रुपमा अघि बढाइने छलफल भएको उनले बताइन् । ‘अहिले क्रिकेटमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्नुभएको छ । त्यसको विषयमा गम्भीरताका साथ छलफल भयो’, उनले भनिन् ।