दरबारमार्ग–काठमाडौं प्लाजा जोड्ने सडक भाँसियो, रातिबाट बाटो बन्द

काठमाडौँ - काठमाडौंको कमलादीमा सडक भाँसिएको छ । काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति नै भासिएको स्थानीयले जनाएका छन् ।

महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो । सवारी आवतजावत नै नहुने गरी सडक भासिएको छ ।  प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।

दरबारमार्गबाट कमलपोखरी जाने सवारीलाई नारायणहिटीको मुख्य ढोका हुँदै डाइभर्सन गरिएको छ । यसअघि  सोह्रखुट्टेमा सडक भासिदा चालकसहित मोटरसाइकल खाल्डोमा फसेको थियो । चालकको तत्कालै सकुशल उद्दार गरिएपनि मोटरसाकइल भने केही घण्टापछि मात्रै निकालिएको थियो ।