राजेश पायलको ‘जानु ए जानु’मा आभा र बद्रीप्रसादको रोमान्स (भिडियोसहित)

काठमाडौँ - गायक राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत ‘जानु ए जानु’ सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको सङ्गीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज छ ।

गीतको भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारीको अभिनय छ । नवनारी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको भिडियोमा आभा र बद्री रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।

निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाङ्कन छ । सङ्गीतकार विनोदका सङ्गीत रहेका यसअघि ‘रात पनि दिन हुन्थ्यो’, ‘तिम्रा हजार गल्ती’, ‘औला गन्दैछु’, ‘बाटोमा हिँड्दा देखेको उनीलाई’ लगायतका गीत चलेका छन् । यो गीत पनि चल्ने आस सङ्गीतकार विनोदको छ ।