विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारको सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

ऊर्जा मन्त्रालयले साउन १८ गते प्राधिकरणका सञ्चालक सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको थियो। उनीहरूको ठाउँमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरिएको थियो ।