कार्यसम्पादन मूल्यांकनमा आफुले उच्च अंक पाएको कुलमानको दाबी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्य सम्पादन मूल्यांकनमा आफूले उच्च अंक प्राप्त गरेको दाबी गरेका छन् ।

शुक्रबार विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ प्रतिशत र २०७९/८० मा ९८.९४ प्रतिशत अंक प्राप्त गरेको बताए ।

आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकन अगाडि बढेको उनले जानकारी दिए । घिसिङले २०७८ साउन २५ गतेबाट दोस्रो कार्यकाल सुरु गरेका थिए ।

कार्यकाल सुरु गरेसँगै उर्जा मन्त्रालयसँग कार्यसम्पादन सम्झौता भएको र उक्त सम्झौताअनुसार आफूले उच्च अंक प्राप्त गरेको उनले बताए ।