पूर्वन्यायाधीश सिजापतिको निधन : सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

काठमाण्डौँ - सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ । 

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको उनले बताए । 

बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको आह्वानविरूद्ध अदालतमा रिट दायर गर्न लागेका छन् ।