बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ

काठमाडौँ । सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा- २ का २५ वर्षीय शेखर शर्मा बरही हुन् ।

उनी फागुन १६ गते घटनास्थलबाटै भागेका थिए । खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको टोलीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो ।

उनी लुकिछुपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।