भारत नैनीताल जीप दुर्घटना : मृत्तक सातै नेपाली बर्दियाका {मृतक नामसहित}

काठमाडौँ - भारत उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत बेतालघाट क्षेत्रमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने सातै जना नेपाल बर्दिया बबईको भएको खुलेको छ । बेतालघाट थानाका इञ्चार्ज अनिश अहमदकाअनुसार उनीहरु सबै बर्दियाका हुन् ।

उनका अनुसार बेतालघाट भन्दा १८ किलोमिटर पूर्वी क्षेत्रमा मल्लागाउँ उच्चाकोटमा खानेपानी आयोजनामा पाइप बिछ्याउने काम गरिरहेका नेपाली कामदारहरु सोमबार साँझ घरतर्फ हिडेका हुन् । बिहान खानेपानी आयोजनाको काम सकिएपछि उनीहरु सबै गाडी बुक गरेर हल्द्वानी निस्किन थालेका थिए ।

दुर्घटनामा परी चालकसहित आठ जनाको मृत्यु भएको छ । जसमध्ये सात जना नेपाली हुन् । युके ०४ सीसी ०४९५ नम्बरको बोलेरो जीपका चालक उच्चाकोट निवासी राजेन्द्र कुमारसँगै नेपाली कामदारहरु बिश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी रहेका छन् ।

थाना इञ्चार्ज अहमदका अनुसार उच्चाकोटमा खानेपानी आयोजनाको काम सकिएपछि नेपाली कामदारहरु सोमबार साँझ नै घर फर्किन लागेका हुन् । उनीहरु भवाली हुदै हल्द्वानीका लागि निस्किने तयारीमा थिए । घाइते शान्ति चौधरी र छोटु चौधरीको तिवारी राजकीय अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ ।