स्रोत र साधनलाई मध्यनजर नराखी प्रतिबद्धता गर्दा समस्या भयो : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले उदारताकासाथ स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको बताए।

शुक्रबार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरु सुनिश्चित गर्दा समस्या आएको डा महतले बताए।

द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको बताए। नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको उनको भनाइ थियो ।

संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढेको भए पनि आन्तरिक स्रोत र साधनबाट उठेको राजस्वले राज्यका सबै दायित्वहरू धान्न कठिन हुँदै गएको बताए । अर्थमन्त्री महतले साधनस्रोतहरू प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए।