नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता

काठमाडौँ - नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ ।

अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीले नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए ।

सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए ।