कोशीमा राप्रपाका विष्ट सभामुख बन्ने निश्चित

विराटनगर - नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ।

एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको हाे।

सत्तारुढ गठबन्धन दलहरुले पनि सभामुखमा उम्मेदवार नउठाउने निर्णय गरिसकेका छन्। कोशी प्रदेश सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो ३ बजे मतदानको कार्यतालिका रहेको छ।