कुन उमेरसमूहमा कति घण्टा सुत्ने ?

शरीरलाई स्वस्थ्य राख्नको लागि स्वास्थ्य खानपानसँगै निन्द्रा पनि महत्वपूर्ण हुन्छ । अनिदोका कारण मानिस स्वास्थ्य रहन सक्दैनन् । कम सुत्नुका कारण गुम्सावट, टेन्सन र चिडचिडापनजस्ता समस्या देखिन सक्छ ।

साथै कम निन्द्राको कारणले मानसिक तनाव जस्ता समस्याहरु पनि देखिन सक्दछन् । जुनसुकै उमेर समुहको मानिसलाई आफ्नो उमेरको हिसावले सुत्न आवश्यक हुन्छ । समय मिलाएर सुत्दा तपाईको छाला चाडै बुढो हुदैन र तपाई लामो समयसम्म स्वस्थ र खुसी जीवन जीउन सक्नुहुन्छ ।

यदि शरीरले पर्याप्त मात्रामा आराम पाएनभने हामीले दैनिक गर्ने कामहरुमा प्रत्यक्ष रुपमा असर पर्न सक्छ । त्यसैले आफ्नो नियमित कार्यलाई सफल बनाउन आवश्यकता अनुसार निन्दा पुग्नेगरी सुत्नुपर्छ । निद्रा कम हुँदा जीवनपद्धति र स्वास्थ्यलाई समेत असर पुर्‍याउँछ।

तपार्ईंलाई कति समय सुत्न जरुरी हुन्छ भन्ने कुरा तपार्ईंले कति समय काम गर्नुहुन्छ र कति ‘स्ट्रेस’ लिनुहुन्छ भन्ने कुराले पनि फरक पार्छ। भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । वयस्कले कम्तीमा ८ घण्टा निदाउनै पर्छ ।

नवजात (०-३ महिना): भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन।

शिशु (४-११ महिना): यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन।

वामे सर्नेहरु (१-२ बर्ष): यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ। यिनीहरुका लागि स्वीकार्य ‌९ देखि १६ घण्टाको निद्रा हो।
हाम्राे दैनिक जिवनमा गास, बास र आवासकाे जति नै महत्व छ निन्द्राकाे पनि त्यतिकै महत्व हुन्छ । राम्रो स्वास्थ्य र सुन्दरताको लागि जसरी हामीलाई पोषक तत्व आवश्यक हुन्छ । त्यसरी नै निन्द्राको महत्व पनि स्वास्थ्य सँग जाडिएर आउछ ।

विद्यालय जानु अघिका(३-५ बर्ष): विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन्। तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन।

स्कुले उमेरका (६-१३ बर्ष): अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन।

किशोरकिशोरी (१४-१७ बर्ष): किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ।

युवा (१८-२५ बर्ष): युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन।

वयस्क (२६-६४ बर्ष): यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ।

बृद्ध (६५ बर्ष भन्दा माथि): यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ। तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन।

मीठो निद्राका लागि के गर्ने ?

नियमित समयमा सुत्ने र उठ्ने गर्नुहोस्, चाहे विदाको दिन होस् वा व्यस्त कामकाज भएको दिन किन नहोस् ।