इजरायल युद्धमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर

काठमाडौँ - प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। १४ नेपाली कार्यरत रहेको फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएको परराष्ट्र मन्त्रालयले बताएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।