बदला लिन वैवाहिक बलात्कारको अस्त्र प्रयोग !

काठमाण्डौँ - नेपाल आइडल सिजन २ का विजेता तथा गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी श्रीमतीले हालेकी छिन् । 
जापानमा रहेका रवि पत्नीलाई फकाउने कि आत्मसमर्पण गर्न नेपाल आउने भन्ने तनावमा छन् । 

उनी साङ्गीतिक कार्यक्रमका लागि यूएईबाट जापान गएका हुन् । रविले आफूमाथि लगाइएको वैवाहिक बलात्कारको आरोप अस्वीकार गरेका छन् ।
काठमाडौंमा रहेका साथीभाइले उनलाई जापानमा सम्पर्क गरेर यथार्थ बुझ्ने प्रयास गर्दा आफूले केही नगरेको बताएका हुन् ।

निकटस्थका अनुसार रविकी पत्नीले श्रीमानले आफूलाई ‘तिरस्कार’ र ‘चिट’ गरेको ठानेर बदला लिन भन्दै मुद्दा हालेकी हुन् । कानुनी सहजताका लागि उनले वैवाहिक बलात्कारको अस्त्र प्रयोग गरेको उनीहरूको दाबी छ ।

यद्यपि पत्नी निकट स्रोतले भने साँच्चै पीडित भएको दाबी गरेको छ । रविविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भइसकेको छ । प्रहरीले उनको खोजी भइरहेको पनि बताएको छ ।