आजको विदेशी मुद्रा विनिमय दर कति छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसामा कारोबार भएको छ । यो मूल्य बुधबारको तुलनामा १४ पैसाले घटेको हो । बुधबार यसको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसामा कारोबार भएको थियो ।

बिहिबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रूपैयाँ २९ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३१ पैसाले बढेको हो। यसअघि बुधबार युरोको खरिददर १४२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०७ पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।