आज पनि घट्यो सुन चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ? 

 काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।

यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ थियो । त्यसयता सोमबार, मंगलबार र बुधवार समेत घटेको थियो । र, महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य घटेर कारोबारमा आएको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधवार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो ।