नुवाकोट तारुकामा गोरु जुधाई मेलाको भब्य तयारी, १५ हल गोरु दर्ता !

त्रिशूली - नुवाकोटको तारुकामा यो वर्ष पनि गोरु जुधाई प्रतिस्पर्धालाई निरन्तरता दिनको लागी आवश्यक तयारी अघि बढाइएको छ । तारुका स्थित चन्दनीको पाटोमा जुधाईने गरिएको गोरु जुधाईको प्रतिस्पर्धालाई यो वर्ष वर्ष निरन्तरता दिन लागिएको हो । 

 आवश्यक तयारीको लागी ‘माघेसक्रान्ति गोरु जुधाई संरक्षण सँस्था’को समितिलाई पुनः मदनकुमार श्रेष्ठको अध्यक्षतामा पुर्नगठन गरिएको छ भने गोरु दर्ताको लागी २४ गतेसम्मको समय दिइएको छ ।  

‘माघेसक्रान्ति गोरु जुधाई संरक्षण सँस्था’को पुर्नगठनबाट पनि पनः अध्यक्षमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् भने उपाध्यक्षमा राजेशकुमार श्रेष्ठ, सचिवमा विष्णुलाल श्रेष्ठ र कोषाध्यक्षमा अनिता भण्डारी चयन भएका छन् । यस्तै, सदस्यहरुमा कुमार अधिकारी, तोयाप्रसाद ढकाल र कृष्णमान श्रेष्ठ चयन भएका छन् ।  

समितिको पुर्नगठनसगैँ गोरु जुधाई प्रतिस्पर्धामा आफ्नो गोरु दर्ता गर्नको लागी किसानलाई सूचना जारी गरिएको छ । २२ गतेसम्ममा १५ हल गोरु दर्ता भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

माघ १ गते वृहत्त कार्यक्रमको बीच गोरु जुधाई प्रतियोगिताको अवलोकनको लागी जिल्लाबासी सहित देश तथा विदेसमा रहनुभएका महानुभावहरुलाई आह्वान गरिएको छ । तारुकाको गोरु जुधाई अन्तराष्ट्रिय रुपमा चर्चित सहित रोचक समेत भएकाले हजारौको सहभागितामा सञ्चालन हुदै आएको छ । 

 गोरु जुधाई प्रतिस्पर्धालाई गाँउपालिकाको तर्फबाट आवश्यक बजेट सहितको सहयोग रहेको अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिए ।