जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या १६१ पुग्यो   

एजेन्सी । जापानमा अंग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस सम्पर्कविहीन भएका छन् । अन्य धेरैलाई आपत कालीन आश्रय स्थलमा राखिएको छ ।

मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको जस्ता दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको हो । १०३ जना बेपत्ता रहेका छन् ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनु परेको छ ।

अनुमानित एक हजार पहिरोमध्ये केहीले सडक मार्गलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका लागि पठाइएका यातायातका साधन बाटोमै अलपत्र बनेका छन् ।

पछिल्लो दुई दिनयता यस क्षेत्रमा हिउँ परेको छ र केही क्षेत्रमा रातभर चार इञ्चभन्दा बढी पानी परेको छ ।