गाजामा लागु भएको संयुक्त राष्ट्रसंघको बडापत्रमा के छ ?  

 काठमाडौँ । गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन् ।

यो धारा संयुक्त राष्ट्र संघको सबैभन्दा महत्त्वपूर्ण प्रावधान मानिन्छ। जस अन्तर्गत संयुक्त राष्ट्र संघका महासचिवले “उनको विचारमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि कुरालाई सुरक्षा परिषदको ध्यानाकर्षण गराउनेछन् ।”

यो संयुक्त राष्ट्र बडापत्रको सबैभन्दा शक्तिशाली प्रावधान मानिन्छ । यो धारा संयुक्त राष्ट्र संघको इतिहासमा नौ पटक मात्र प्रयोग भएको छ र यो धारा दशकौं देखि प्रयोग भएको छैन ।

संयुक्त राष्ट्र संघले गाजामा युद्धका कारण हुन लागेको मानवीय विपत्तिका बारेमा केही सातादेखि चेतावनी दिँदै आएको छ र यसलाई रोक्न अपिल गर्दै आएको छ तर अब बुधबार एन्टोनियो गुटेर्रेसले आफ्नो सबैभन्दा शक्तिशाली सङ्कटको संकेत जारी गर्दै सदस्यको ध्यानाकर्षण गराएका छन् । देशहरू यस संकटमा केन्द्रित हुन सक्छन् र मानवीय युद्धविराम लागू गर्न सकिन्छ ।