पाचन प्रणालीमा समस्या : अपच र वान्ता भए के गर्ने ?

आजकल धेरै मानिस बाहिरको खाना खाने गर्दछन् । यस्ता खानेकुरा स्वास्थ्यलाई लाभदायक नहुन पनि सक्छ । अस्वस्थ्यकर खानपानले पाचन यन्त्र नै कमजोर हुन पुग्छ । पाचनयन्त्र कमजोर भएमा शरीरमा अनेकौ समस्या पैदा हुने गर्दछ । यस्तोमा अपच वा वान्ता भएमा घरेलु बिधीबाट पनि उपचार गर्न सकिन्छ ।

अपच – १ गिलास तातोपानीमा एक चिम्टी हिंग र बीरे नुन मिलाएर दिनमा तीन पटक पिउने । – १ गिलास तातोपानीमा एउटा कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र एक चिम्टी नुन मिसाएर पिउँदा पनि अपचमा आराम मिल्छ । – १ कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने र त्यसपछि छानेर उक्त रसमा मह मिसाएर पिउँदा पनि अपचको समस्यामा राहत हुन्छ ।

वान्ता – ल्वाङको एक टुक्रा मुखमा राखेर चपाउने । त्यस्तै एक कप पानीमा चार–पाँच वटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउँदा वान्ताको समस्यामा लाभ मिल्छ । – १ चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउँदा पनि वान्ताको समस्या समाधान हुन्छ । – १ चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउँदा अपचमा हुने वान्ता रोकिन्छ ।