एमाले सचिव रायमाझी र पूर्व गृहमन्त्रीका सल्लाहकारमाथि मानव तस्करीको आरोप

काठमाडौँ - नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले मानव तस्करीको आरोप लागेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका प्रमुख सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।

नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ जना नेपाली युवाहरूको करोडौँ रकम ठगी गरेको प्रकरणमा तत्कालीन गृहमन्त्री बादलका प्रमुख सल्लाहकार इन्द्रजित राई र नेकपा एमालेका सचिव रायमाझीको संलग्नता रहेको खबरहरू सार्वजनिक भएपछि प्रवक्ता राईले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन् ।

प्रवक्ता राईले सामाजिक सञ्जालमा लेखेका छन्–‘एमाले जस्तो पार्टीका पदाधिकारीहरू साथै राज्यको नेतृत्वमा बसिसकेका मान्छेहरूले मानव तस्करी जस्तो गलत कार्य गर्नु त्यतिकै संवेदनशील छ। यो जस्तो अपराध अरू केही हुन सक्दैन।’