तनहुँमा दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या

काठमाडौँ - तनहुँमा श्रीमानले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् ।

व्यास नगरपालिका वडा नं ५ साँगेका ३५ वर्षिय जीतबहादुर कुमालले ३२ वर्षिया सुकमायाको हत्या गरेका हुन् ।

शनिबार दिउँसो सामान्य वादविवादका क्रममा जीतबहादुरले श्रीमती सुकमायालाई दाउराले हिर्काएका थिए । दाउरा प्रहारबाट सुकमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले कुमाललाई नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।