मिटरब्याज पीडितको आन्दोलन अब बालुवाटार केन्द्रित हुने 

 काठमाडौं - २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितले आफूहरुको आन्दोलनलाई बेवास्ता गरेको भन्दै अब बालुवाटार केन्द्रित आन्दोलन सुरु गर्ने बताएका छन् ।

बुधबार मिटरब्याज पीडितहरु भृकुटीमण्डपबाट नारा जुलुस गर्दै बालुवाटारतर्फ अघि बढ्दा प्रहरीले अवरोध गरेको छ । दिउँसो १२ बजेसम्म प्रहरीले उनीहरुलाई भृकुटीमण्डपमै रोकेको थियो । बालुवाटारतर्फ मिटरब्याज पीडितको समूह अघि बढेपछिे मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित २० जनालाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि मिटरब्याज पीडितहरुले नक्साल पीपलबोट नजिकै सडकमा प्रदर्शन गरे । भृकुटीमण्डपमा गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले बेवास्ता गरेपछि अब बालुवाटार केन्द्रित आन्दोलन गर्न खोजेको मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीन बताउँछन् ।