धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

 काठमाण्डौँ - धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव  पुरुष रहेक छन् ।

सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका १० लालगढमा बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २ ००२ ०३ प ७७४३ नम्बरको मोटरसाइकल सडक मानवसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित सडक मानवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।