लगातार तीन दिन घटेको सुनको मूल्य बुधबार बढ्यो, तोलाको कति ? 

काठमाडौँ - लगातार तीन दिन घटेको सुनको मूल्य बुधबार बढेको छ । यसअघि आइतबार, सोमबार र मंगलबार सुन तोलामा क्रमशस् ६ सय, ४ सय र ५ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलाको १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी मंगलबारकै भाउमा तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।