फागुनमा १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै

 काठमाण्डौँ - सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप बाइभलेन्ट खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ ।

कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।