अर्थमन्त्री डा. महत भन्छन्-'बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नैपर्छ'

काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम सुरु गरेको बताएका छन् । 

बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल इमानले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए । 

अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए । उनले श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको बताए । अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे । उनले वाह्य क्षेत्र पनि नेपालमा लागानी गर्न सकारात्मक रहेको दाबी गरे ।