इजरायली आक्रमणमा मारिए ओलम्पिक प्रशिक्षक   

एजेन्सी । इजरायली हवाइ आक्रमणका क्रममा गाजामा ओलम्पिक प्रशिक्षक मारिएका छन् । प्यालेस्टिनी फुटबल संघका अनुसार प्यालेस्टाइन ओलम्पिक फुटबल टोलीका प्रशिक्षक हानी अल मस्दार इजरायली आक्रमणमा मारिएका हुन् ।

४२ वर्षीय अल मस्दार सन् २०१८ मा अवकाश लिनु अघि र प्यालेस्टाइनको राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु अघि अल मघाजी र गाजा स्पोर्ट्स क्लबका लागि मिडफिल्डर थिए। उनको हत्या प्यालेस्टिनी फुटबलका लागि अर्को नयाँ क्षति भएको संघले जनाएको छ ।

गत अक्टोबर ७ यता ७८ फुटबलरहरूसहित ८८ पुरुष र महिला खेलाडीका साथै २४ प्रशासक र प्राविधिक कर्मचारीहरू मारिएका छन्।