भारतीय विदेश सचिव पुस तेस्रो साता नेपाल आउने

काठमाडौँ - नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको सातौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर पुस तेस्रो साता नेपाल आउने भएका छन् । भ्रमणका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सरकारी अधिकारीहरु बताउँछन् ।

उच्च कूटनीतिक स्रोतका अनुसार १९ पुसमा जयशंकर नेपाल आउने र २० पुसमा भारत फिर्ता हुने गरी दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् ।