इरानी महिला नरगिसलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिने

काठमाडौँ - इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नरगिस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। इरानी जेलमा रहेकी ५१ वर्षीया उनलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको हो । 

शान्तिका निम्ति लड्ने साहसिक व्यक्ति वा संस्थालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिँदै आएको छ । नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस(एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन् । 

पुरस्कारको राशि एक करोड १० लाख स्विडिस क्रोनर करिब १० लाख अमेरिकी डलर रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ ।