स्वरुपराज, कमला र येदिनको सहकार्यमा तयार ‘धुँवा धुँवा’ सार्वजनिक (भिडियो)

काठमाडौँ - गायक स्वरुप राज आर्चायको स्वर रहेको धुँवा धुँवा बोलको गीतको भिडियो रिलिज गरिएको छ । भिडियोको निर्माण टिमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमकाबिच भिडियो रिलिज गरेको हो । सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थिती रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ।

सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द रहेको छ भने संगीत येदिन गजमेरको रहेको छ । गीतकार कमला र संगीतकार येदिन सांगीतिक क्षेत्रमा यसअघि नै राम्रा राम्रा सांगीतिक कोशेलीहरु पस्किसकेका स्रष्टाहरु हुन् । धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनको मिक्सिगं तथा मास्टरिगं रहेको छ ।